Cricket Himalaya
Cricket News From Top of The World

अगष्ट २९ देखि एसिया कप क्वालिफायर मलेसियामा हुँदै

श्रावण ११, क्रिकेट हिमालय

एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार आगामी अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता मलेसियामा हुने भएको छ । एसिया कप-२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । प्रतिस्पर्धामा नेपाल, युएई, हङकङ, मलेसिया, सिङ्गापुर र ओमान छन् । राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ । आइसीसीले एसिया कप २०१८ को खेल तालिका सेप्टेम्वर १५ देखि २८ सम्म सन्चालन हुने गरी मंगलबार सार्वजनिक गरेको थियो । युएईको दुबई र अबुधावीमा हुने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन । एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूहमा चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।