Cricket Himalaya
Cricket News From Top of The World

नेपालले आज चौथो तथा अन्तिम अभ्यास खेल खेल्दै

श्रावण १०, क्रिकेट हिमालय

[dropcap]ने[/dropcap]पालले तेस्रो अभ्यास खेलमा अनिल शाह र शरद भेसावकरले राम्रो साझेदारीले युरोप भ्रमणमा इस्ट लण्डन-११ लाई २२३ रनको फरिकलो अन्तरले पराजित गरेको थियो । यसअघि भएको पहिलो अभ्यास खेलमा ह्यापसायर हग्स विरुद्ध विजयी नेपाल दोश्रोमा सेन्ट क्रससँग भएको टी-२० खेलमा भने हार बेहोरेको थियो । आज टिमले आफ्नो चौथो तथा अन्तिम अभ्यास खेल इस्ट लण्डन शार्कसँग टी-२० फर्म्याटमा खेल्दैछ । खेल नेपाली समय अनुसार ५:४५ बजे बेलुकी हुनेछ ।नेपालले यही जुलाई २९ लर्ड्स ग्राउण्डमा एमसीसी र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । यस्तै अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग ऐतिहासक ओडिआई सिरिज खेल्दैछ । त्यसैको तयारी स्वरुप नेपालले अभ्यास खेल खेलिरहेको हो ।