Cricket Himalaya
Cricket News From Top of The World

अनिल शाहको शतक, नेपाल द्वारा इस्ट लण्डन-११ २२३ रनले पराजित

श्रावण १०, क्रिकेट हिमालय

लर्डसमा एम सि सि र नेदरल्यान्ड सँग ट्राइ सिरिज र नेदरल्यान्ड सङ ओ डि आई सिरिजको लागि युरोप भ्रमणमा रहेको टिम नेपालले आफ्नो तेश्रो अभ्यास खेलमा इस्ट लन्डनलाई २२३ रनले पराजित गरेको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा ३३८ रन बनाएको थियो । नेपालका लागि अनिल साहको सतकिय योगदान रहेको थियो भने सरद भेषावकरले ९८ रन बनएका थिए । ३३९ रनको लक्ष्य पछ्याउने क्रममा इस्ट एघारको टोली ३८.५ ओभरमा मात्र ११५ रनमा अलआउट हुँदा नेपालले २२३ रनको विशाल जित हात पारेको हो । इस्ट एघारको लागि ड्यारेन आइरनसाइडले ३८ रनको योगदान दिएका थिए भने आकाश राजीले २७ रन बनाएका थिए । नेपालको तर्फबाट शक्ति गौचनले ९.५ ओभरमा ५ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका थिए । करण केसी र ललित राजबंशीले २/२ विकेट लिँदा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

फोटोफिचर, स्कोरकार्ड :