Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने मौका

९, क्रिकेट हिमालय

आइसीसीले एसिया कप २०१८ को खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । खेलतालिका अनुसार प्रतियोगिता सेप्टेम्बर १५ तारिख देखि २८ तारिख सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा चल्ने छ । एसिया कपमा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । टेष्ट खेल्ने पाँच राष्ट्र जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने अन्तिम एकस्थानको लागि एसिया कप छनौट प्रतियोगिताको आयोजना हुनेछ । छनौट प्रतियोगितामा नेपाल सहित हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।

समूह ए : भारत, पाकिस्तान, छनौट प्रतियोगिताको विजेता
समूह बि : श्रीलंका, बंगलादेश, अफगानिस्तान

आइसीसीले जारि गरेको एसिया कपको खेलतालिका अनुसार नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया बीच हुने छनोट प्रतियोगिताबाट विजेता हुने देशले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउनेछ । छनौट प्रतियोगिताको खेलतालिका भने सार्वजनिक गरेको छैन ।

एसिया कप क्रिकेटको खेलतालिका :