Cricket Himalaya
Cricket News From Top of The World

नेपाल विरुद्ध टी-२० र ओडिआई खेल्ने नेदरल्याण्ड्सको टिम घोषणा

श्रावण ८, क्रिकेट हिमालय

लर्ड्समा जुलाई २९ मा हुने ट्राई सिरिज र साउन १६ र १८ गते दुईवटा एक दिवसीय अन्तराष्ट्रिय खेल का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । एमसीसीले श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेको कप्तानिमा यसअघीनै अन्तिम टोली घोषणा गरिसकेको छ । टिममा टेष्ट खेलेका खेलाडी सहितको टिम घोषणा गरेको थियो । टिम घोषणा नेदरल्याण्ड्सले लर्ड्समा एमसीसी र नेपाल सम्मिलित ट्राई सिरिज र घरेलु मैदानमा हुने ओडिआई सिरिजका लागि दुई छुट्टै टोली घोषणा गरेको छ । दुवै टोलीको कप्तानी पिटर सिलरले गर्नेछन् र टोलीमा समान १३ खेलाडी छन् । तर दुवै टोलीमा केही खेलाडी भने फरक-फरक छन् । टी-२० खेल्ने टिममा रहेका क्लाइटन फ्लोएड, टोनी स्टल र टोबिएस भिसे ओडिआई खेल्ने टिममा छैनन् । ओडिआईका लागि डान्टर ब्राक, बेन कुपर र स्टेफन माइवर्ग छन् । बाँकी १० खेलाडी भने दुवै टोलीमा छन् । जुलाई २९ मा स्थानिय मसयअनुसार बिहान १० बजे एमसीसी र नेदरल्याण्ड्स तथा दिउँसो १:०५ बजे एमसीसी र नेपालबीच खेल हुनेछ । आइसीसी को अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल र नेदरल्याण्ड्सबीचको खेल ४:२० बजे सुरु हुनेछ ।