Cricket Himalaya
Cricket News From Top of The World

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

श्रावण ७, क्रिकेट हिमालय

लर्ड्समा खेल्नुअघि ४ अभ्यास खेल मध्ये नेपालले आज दोस्रो अभ्यास खेल सेन्ट क्रस सँग २० ओभरको खेल्नेछ । पहिलो अभ्यास खेल ह्यामसायर हग्ससँग ५० ओभरको खेलेको थियो । उक्त खेल नेपालले कप्तान पारसको १६१ रनको मद्दतमा पहिले ब्याटिङ गरी निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन बनाएको थियो । जवाफमा ३६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर हग्स क्लब ३७.१ ओभरमा ११९ रनमै अलआउट भएसगै नेपालले २४३ रनले खेल जितेको थियो । ह्यामसायरलाई अलआउट गर्न नेपालका ललित राजवंशीले सर्वाधिक ५ विकेट लिएका थिए । आजको दोस्रो अभ्यास खेल नेपाली समय अनुसार साँझ ८:४५ रहेको छ । खेल सेन्ट क्रसकै क्ल्ब, विन्चेस्टर, ह्यामसायरस्थित हुनेछ ।

जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी–२० र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि नेपाल लन्डनमा अभ्यास खेल खेलिरहेको छ ।