Cricket Himalaya
Cricket News From Top of The World

मेची नगरपालिका “गर्ल्स टि२० क्रिकेट च्याम्पियनसिप” को उपाधी बिजेता !

श्रावन ६, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडेमी द्वारा आयोजित “गर्ल्स टि-२० क्रिकेट च्याम्पियनसिप, २०१८” को उपाधी मेची नगरपालिकाले जितेको छ ।

आज सम्पन्न मेची नगरपालिका र मिलन क्रिकेट क्लब बिचको फाइनल खेलमा मिलनलाई ५ विकेटले पराजित गर्दै मेचि नगरपालिकाले उपाधिमाथि कब्जा गरेको हो ।

टस जितेर फर्स्ट ब्याटिङ गरेको मिलन क्रिकेट क्लबले पुजा मेचाको १९ रन, ज्योती दनुवारको ११ रनको सहयोगमा निर्धारित १५ ओभरमा ५९ रन बनाएको थियो ।

मेची नगरपालिकाकी पायल मगरले ३ विकेट, निसा साहले २ विकेट र उषा लिम्बुले १ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्यायको मेची पायल मगरको २१ रन, एलिसा खडियाको १६ रन, सङिता कार्किको ९ रनको सहयोगमा ५ विकेट गुमाउदै ६० रन बनाएपछी उपाधी ५ विकेटले जितेको थियो ।

मिलन क्रिकेट क्लबका कल्पना गिरिले २ विकेट, लकिता राजबन्शी र ज्योती दनुवारले समान १/१ विकेट लिएका थिए ।

खेलमा ३ विकेटका साथै २१ रन प्रहार गर्ने मेची नगरपालिकाको पायल मगर वोमेन अफ द म्याच भएकी थिईन ।