Cricket Himalaya
Cricket News From Top of The World

धनगढी फाप्ला त्रिकेट मैदान हाल संरक्षणको अभावमा गौचरणमा परिणत (फोटोफिचर)

श्रावण ६, क्रिकेट हिमालय

[dropcap]क्रि[/dropcap]केटको शहर भनेर चिनिने धनगढी फाप्ला त्रिकेट मैदान हाल संरक्षणको अभावमा गौचरणमा परिणत भएको छ । केहि महिना पहिले मात्रै प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा मौदान चिटिक्क पारी सजाईएको थियो । लाखौ रुपैयाँ खर्च गरेर मैदानमा एक वर्ष अघि मात्र घेरवार गरिएको थियो धनगढी उपमहानगरपालिका वडा नं ३ अध्यक्ष सिंहले भने– ‘तर, संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनिएको मैदान गौचरणमा परिणत हुन थालेको छ ।’ खबर श्रवण देउवाले नयाँ पत्रीका अनलाईनमा लेख्नुभएको छ ।

This slideshow requires JavaScript.

अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने भनी आगामी आर्थिक बर्ष २०७५/७६ मा प्रदेश सरकारले पाँच करोड तथा धनगढी उपमहानगरपालिकाले एक करोड बजेट छुट्याएको छ । फाप्लालाई अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउने कुरा भएपनि हाल सम्म कुनै पनि काम हुन सकेको छैन । विहानै पशु चौपायालाई चरानको लागि छाडने र साँझ घर लैजाने गरेको स्थानीय किरण रानाले बताए । गाउँका सवैले आफ्नो पशुलाई खुल्ला छोड्दा पनि कसैले केही नभनेको बताए । मैदानको चारै तिर तारबारले घेरीएकोे थियो, मुल गेटमा लगाएको ताला स्थानीयले तोड्दै गाई गोरु छाडने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले बताए । ‘खेलमैदान सुरक्षाका लागि पटक–पटक ताला तोडीदा अहिले यतीकै छाडिएको हो । धनगढी उपमहानगरपालिकाका वडा नं ३ का जनप्रतिनिधिले मैदान वडा कार्यालयको मातहतमा आउनुपर्ने माग गर्दै आएपनि संरक्षणका लागि एक वर्षसम्म केही गर्न सकेका छैनन् । अब सुरक्षाका लागि संरक्षण समिति बनाउने तयारी गरिरहेको वडा अध्यक्ष बलबहादुर ऐरले बताए ।

[खबर हामीले नयाँ पत्रीका अनलाईन देखी लिएका हौ ।]