Cricket Himalaya
Cricket News From Top of The World

नेपाल विरुद्ध टी-२० खेल्ने एमसीसीको टिम घोषणा, टिममा टेष्ट खेलेका खेलाडी अरु को को ?

श्रावण ६, क्रिकेट हिमालय

लर्ड्समा जुलाई २९ मा हुने ट्राई सिरिजका लागि एमसीसीको अन्तिम टोली घोषणा भएको छ । एमसीसीको कप्तानमा भने यसअघि नै श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेले गर्ने भइसकेका छन । एमसीसीको टोलीबाट इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु इयान बेल र जोनाथन ट्रट, जिम्मबावेका पिटर मुर र इंग्ल्याण्डकै निक कोम्पटन छन् । यस्तै इंग्ल्याण्डकै विकेटकिपिङ सम्हाल्ने जेम्स फोस्टर, इंग्ल्याण्डका डोमिनिक मानथोर्प र कासिफ अली, न्यूजिल्याण्डका बेन सिर्स तथा स्कटल्याण्डका एलासडाएर इभान्स, मार्क वाट र डाएलन बड्जर एमसीसीको टोलीमा छन् । डोमिनिक, कासिफ र बेन एमसीसीका युवा खेलाडी हुन् । पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोला । मुरले जिम्बावेका लागि तीन वटै फर्म्याटमा खेलिसकेका छन् । मुरले हालै मात्र अष्ट्रेलिया र पाकिस्तान सम्मिलित टी-२० ट्राई सिरिज खेलेका थिए । यस्तै कोम्पटनले पनि इंग्ल्याण्डका लागि टेष्ट खेलिसकेका छन् । जेम्स फोस्टर पनि पूर्व टेष्ट प्लेअर हुन् । उनले इंग्ल्याण्डका लागि तीन वटै फर्म्याटमा खेलिसकेका छन् ।

जुलाई २९ मा स्थानिय मसयअनुसार बिहान १० बजे एमसीसी र नेदरल्याण्ड्स तथा दिउँसो १:०५ बजे एमसीसी र नेपालबीच खेल हुनेछ । आइसीसी को अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाल र नेदरल्याण्ड्सबीचको खेल ४:२० बजे सुरु हुनेछ ।