Cricket Himalaya
Cricket News From Top of The World

ह्यामसायर हग्स पहिलो प्राक्टिस खेलमा २४३ रनले नेपालसँग पराजित !

श्रावण ६, क्रिकेट हिमालय

कप्तान पारसको १६१ रनको मद्दतमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन बनाएको थियो । जवाफमा ३६३ रनको लक्ष्य पछ्याएको घरेलु क्लब ३७.१ ओभरमा ११९ रनमै अलआउट भयो । ह्यामसायरलाई अलआउट गर्न नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । यस्तै सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ तथा करण केसीले १ विकेट लिए । ह्यामसायरका लागि ह्यारी फ़िशरले सर्वाधिक ३३ तथा टम बाउचरले २२ रन योगदान दिए ।

नेपालले दोश्रो अभ्यास खेलमा मंगलबार सेन्ट क्रस क्लबसँग टि-२० खेल खेल्ने छ । यस्तै जुलाई २५ मा इस्ट लन्डन ११ सँग एउटा ५० ओभर र जुलाई २६ मा इस्ट लन्डन शार्क्ससँग टि-२० खेल्ने छ ।

This slideshow requires JavaScript.

This slideshow requires JavaScript.

स्कोर कार्ड : रमन सिवाकोटी