Cricket Himalaya
Cricket News From Top of The World

पारस खडकाको विशाल १६१ रन, ह्यामसायरलाई विशाल ३६२ रनको लक्ष !

साउन ५ मोहन ज्ञवाली / क्रिकेट हिमालय

लर्ड्समा एम सि सि र नेदरल्यान्ड सँग टि-२० ट्राइ सिरिज र नेदरल्यान्ड सँग पहिलो ओडिआई खेल्न युरोप भ्रमणमा निस्केको नेपाली राष्ट्रिय टिमले आज पहिलो अभ्यास खेल ह्यामसायर हग्स क्रिकेट क्लब सँग खेलीरहेको छ । टस जिति ब्याटिङ रोजेको नेपालले ५० ओभरमा अल आउट हुँदै ३६२ रन बनाउन सफल भएको हो । ओपनिङ आएका सुबास खकुरेल र ज्ञानेन्द्र मल्ल लामो समय सम्म कृजमा टिक्न नसक्दा ओपनिङमा पुरानै समस्या देखियो । ज्ञानेन्द्र ५ र सुबास ११ रनमा आउट हुदा नेपाल सुरुवातमै महत्त्वपूर्ण २ विकेट गुमायो । नेपालले तेस्रो विकेट ५२ रनमा गुमाउदा खासै लयमा नभएका सरद भेषावकर १४ रनमा पेभेलियन फर्केका थिए । लगत्तै ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरि र पारस खड्काको सतकिय १११ रनको बलियो साझेदारि गर्दै गर्दा दिपेन्द्र सिंह ऐरि ३७ रन बनाउदै चौथो ब्याट्सम्यानको रुपमा आउट हुन पुगे । त्यसपछी ब्याटिङमा आएका अरिफ सेख कप्तान पारस लाई साथ दिदै महत्त्वपूर्ण २७ रनको योगदान दिदै पेभेलियन फर्के लगत्तै पारस खड्का पनि १६१ रनको विशाल पारी खेल्दै आउट हुन पुगे ।

पारस खडकाले १६१ रन बनाउने क्रममा १९ चौका र ७ छक्का प्रहार गरेका थिए ।

असिफ र पारस आउट भए सङै मैदानमा रोहित र करनले नेपालको इन्निङ समाल्दै गर्दा करन केसि १८ रनमा आउट भएका थिए । सन्दिप लामिछानेले १३ बलमा १६ रन प्रहार गरेका थिए । रोहित पौडेलले ४४ रन बनाएका थिए भने ललित भन्डारिले १६ रन बनाएका थिए ।