Cricket Himalaya
Cricket News From Top of The World

गर्ल्स टि-२० क्रिकेट च्याम्पियनसिप : सिरिजको दोश्रो खेलमा मिलन क्रिकेट एकेडेमी २ रनले बिजयी !

श्रावण ५, क्रिकेट हिमालय

काकरभिट्टाको तुर्किनी खेल मैदानमा जारी मिलन क्रिकेट एकेडेमी द्वारा आयोजित “गर्ल्स टि-२० क्रिकेट च्याम्पियनसिप” अन्तर्गत आज सम्पन्न मेची नगरपालिका र मिलन क्रिकेट एकेडेमी बिचको खेलमा मिलन क्रिकेट एकेडेमी २ रनले बिजयी भएको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ५७ रन बनाएको थियो । मिलनका लागी सन्ध्या ठकुरिले १७ रन, लकिता राजबन्शिले १६ रन, मिनिला श्रेष्ठले ११ रन बनाएकी थिईन । मेची नगरपालिकाकी निसा साह र एलिशा खडकाले समान २/२ विकेट र उसा लिम्बुले १ विकेट लिएकी थिईन । झिनो लक्ष पछ्यायको मेची नगरपालिकाले अल आउट हुदै ५५ रन मात्र बनाएपछी २ रनको साघुरो हार बेहर्यो । मेचिका लागी उसा लिम्बुले १८ रन, लक्ष्मि रसाइलिले ११ रन, एलिशा खडियाले ९ रन बनाएकी थिईन । मिलनका बलर ज्योति दनुवारले ३ विकेट, रिया ढुङानाले २ विकेट, लकिता राजबन्शिले १ विकेट लिएका थिए ।

मिलन क्रिकेट एकेडेमीकी ज्योती दनुवार वोमेन अफ द म्याच भएकी थिईन ।

कुल ३ वटा टि-२० को सिरिज अन्तर्गत दुबै टिमले १/१ जित हात पारेका छन, फाइनल खेल भोली आइतबार हुनेछ ।