Cricket Himalaya
Cricket News From Top of The World

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षणमा गरेको तयारीबारे प्रशिक्षकको भनाई [भिडियो]

नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट खेल्ने टोली अहिले लन्डनमा छ । नेपालले नेदरल्याण्ड्ससँग साउन १६ र १८ गते दुई वटा ओडिआई र लर्डस मैदानमा मेरिलेबन क्रिकेट क्लब र नेदरल्याण्ड्ससँग त्रिकोणात्मक टी–२० श्रृंखलाअघि ४ अभ्यास खेल्ने कार्यक्रम रहेको छ । र आज नेपाली समय करीब ५ बजे बेलुकी क्लब ह्यामसायर हग्ससँग ५० ओभरको अभ्यास खेल खेल्दैछ । गत असार २३ गतेदेखि नेपालले दुवै खेलको बन्द प्रशिक्षण सुरु गरेको थियो । खेलाडीहरु पहिलो एक दिवसीय श्रृंखलालाई जितका साथ यादगार बनाउने चुनौतीसहित कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा व्यस्त थिए ।

समग्रमा तयारी कस्तो रहेको थियो प्रशिक्षक जगत टमटा र राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल भन्छन भिडियोमा :


भिडियो : Nepalkhabar TV