Cricket Himalaya
Cricket News From Top of The World

नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

श्रावण ५, क्रिकेट हिमालय

नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग ५० ओभरको पहिलो अभ्यास खेल खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ करिव ५ बजेबाट सुरु हुनेछ । खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । अरु ३ अभ्यास खेल को को सँग खेल्दै छ त खबर यहाँ क्लिक गरी हेर्नुहोला । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने लर्ड्समा जुलाई २९ तारिकमा एकै दिन नेपाल, नेदरल्याण्ड र एमसिसीले एकअर्का बिरुद्द १/१ टि-२० खेल खेल्दैछन् । ट्राई सिरिज मध्येको नेपाल र नेदरल्याण्ड्सबीचको खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ । उक्त सिरिज पछी नेपाल नेदरल्याण्ड्स प्रस्थान गर्नेछ र साउन १६ र १८ गते दुई वटा ओडिआई श्रृंखला खेल्ने छ ।

ह्यामसायर हग्सको लागि ११ खेलाडीको नाम लिस्ट हेरौ :

नोट : संभवत स्कोर अप्डेट हेर्न ह्यामसायर हग्सको फेसबुक पेजरमन सिवाकोटीको फेसबुक पेज देखी हेर्न सक्नुहुनेछ ।