Cricket Himalaya
Cricket News From Top of The World

दोस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग कार्तिक र मङ्सिरमा हुने !!

मोहन ज्ञवाली, रुपन्देही

तिलोत्तमा क्रिकेट बिकास समितीले आयोजना गर्न लागेको दोस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग (टिपिएल) प्रतियोगिता आगामी कार्तिक र मङ्सिर महिनामा हुनेछ । प्रतियोगितामा लुम्बिनी अन्चलका ६ जिल्लाका १० टिमको सहभागी रहनेछ साथै प्रतियोगिता अक्सनमा आउने खेलाडीहरुले साउन ११ गते बाट ३१ गते सम्म खेलाडी आबेदन फर्म आयोजकले खुलाउनेछ । एक टिममा १५ जना सम्म हुने खेलाडीहरुमा २ जना अनिवार्य स्थानीय विध्यालय तहको, १ जना मार्की तथा १ जना राष्ट्रिय स्तरको हुनेछन बाकी ११ जना खेलाडी लाई अक्सन मार्फत छनोट हुनेछन । अक्सन असोज ३ गते मनिग्राममा हुनेछ । खेल नबजिवन खेल मैदान १० नम्बरमा हुनेछ । प्रतियोगिताको पुरस्कार राशि अन्तर्गत बिजेताले ३ लाख ट्रफी मेडल र प्रमाणपत्र, उपबिजेताले १.५० लाख ट्रफी मेडेल र प्रमाणपत्र साथै अन्य विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुलाई पनि आयोजकले पुरस्कारको ब्यबस्था गरेको छ । गत बर्ष रुपन्देही जिल्लामा मात्रै सिमित यस् प्रतियोगिता दोस्रो सस्करणमा आउदा लुम्बिनी अञ्चलका सबै जिल्लालाइ सहभागी गराउन सफल भएको छ ।