Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रिमियर लिग घोषणा !!

श्रावण ४, क्रिकेट हिमालय

ओमेगा सेकेन्डरी स्कुल, ललितपुरको आयोजनामा सुगर मिल्स ग्राउन्ड, गरुडा रौतहटमा “रौतहट प्रिमियर लिग (RPL)” यहि असोज १-१० सम्म सन्चालन हुने भएको छ । टि-२० फर्म्याटको “आर पि एल” मा कुल राष्ट्रिय तथा छेत्रीय खेलाडिहरु सम्मिलित कुल १२ टिमहरु सहभागी हुनेछन । सहभागी टिमहरु ४ ग्रुपमा बिभाजन गरिनेछ जसमा हरेक टिममा ३/३ टिमहरु रहनेछन । हरेक ग्रुपबाट टप टु टिमहरु क्वाटरफाइनल पुग्नेछन र सेमिफाइनल र फाइनल हुनेछ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, ओमेगा, एच सि ए, नेक्सस क्रिकेट एकेडमी, रौतहट क्रिकेट, लायन्स युवा क्लब, ओसिस, रोयल पि सि फाइटर, मलपोखरी क्रिकेट क्लब, महाकाली क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुल गरि कुल १२ टिम सहभागी हुनेछन । इन्ट्री फि रु ३५ हजार रहेको उक्त प्रतियोगिता आयोजकले उपलब्ध गराउने कलर ड्रेसमा खेलिनेछ । प्रतियोगिताभरि कमेन्ट्री एवम लाइभ म्युजिक रहने जानकारी आयोजकले दिएको छ । प्रतियोगिताको बिजेताले नगद रु ३.५ लाख साथै ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्ने छ भने उप बिजेताले रु १.५ लाख नगद, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले रु २५ हजार, बेस्ट ब्याट्सम्यान र बलरले जनही रु १० हजार, इमर्जिङ प्लयेरले रु १० हजार, सबैभन्दा धेरै छक्का र चौका प्रहार गर्ने खेलाडिले जनही रु ८ हजार प्राप्त गर्नेछन भने हरेक खेलको म्यान अफ द म्याचले रु २ हजार प्राप्त गर्नेछन । प्रतियोगिताको डाइरेक्टर बिनोद महर्जन रहेका छन भने टेक्निकल डाइरेक्टर रबिन्द्र गुप्ता रहेका छन ।