Cricket Himalaya
Cricket News From Top of The World

शक्ति ‘द पावर’ले लिए सन्यास

फोटो : फाईल

साउन-०२, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी शक्ति गौचनको सम्भावित सन्यासबारे पछिल्लो समय अनेक अड्कलबाजी भइरहेका थिए । यसै बिच अनन्त: भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियर देखी सन्यासको घोषणा गरेका हुन । उनले नेदरल्याण्डस् विरुद्ध हुने पहिलो एकदिवसिय श्रृखंला करियरको अन्तिम खेल हुने बताए । उनले युरोप भ्रमणमा जान लागेको नेपाली टिमको बिदाई समारोहमा यो नै अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने बताएका थिए । त्यस्तै आफु नेपालका घरेलु दर्शकमाझ बिदाई खेल खेल्न इछ्युक रहेको पनि उल्लेख गरे । शक्ति सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । शक्तिले अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले १०३ बलमा १०६ रन बनाएका थिए । सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एशिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सोहि सिंगापुरमा भएको एसीसी ट्रफिमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । शक्ति गौचन नेपालले हिजो मात्रै सार्बजनिक गरेको युरोप भ्रमणमा जाने १५ सदस्यीय टिममा परेका छन् ।