Cricket Himalaya
Cricket News From Top of The World

बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको उपाधि बिजेता (फोटोफिचर) !

साउन २, राजबिराज

प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले बोदे बर्साइन थन्र्डसलाई पराजित गर्दै उपाधि चुमेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा ४ विकेटको जित दर्ता गर्दै वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधि सहित बजाज खडक वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पार्यो भने उपविजेता बोदे बर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृस्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए ।उत्कृस्ट खेलाडी यादबले रु. १५ हजार तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले रु. १० हजार प्राप्त गरे । बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर सम्भु प्रसाद यादबले पुरस्कृत गर्नुभयो ।

फाईनलमा टस हारेर ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वा्धिक ३५ रनको इनिंग खेलेका थिए जुन क्रममा २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहित सिंहले २७, श्रवण यादबले १९, सन्दिप ढुंगानाले १६ रन बनाए। खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २र२ विकेट हात पारे । १२८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटायो । वारियर्सको जितमा पुस्प थापाले सर्वा्धिक ४२ रनको इनिंग खेल्दै जितमा अहज योगदान दिए। म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासंग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसंग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । फिर्दोश अन्सारीले अविजित २५ रन बनाए। यस अघि प्रशान्त राई १६, हरिशंकर शाह ० , हसिम अन्सारी ७ तथा बिबेक यादब १६ रनमा आउट भएका थिए । बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २र२ विकेट हात पारे । समापन कार्यक्रममा सप्तरी क्रिकेट संघद्धारा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव तथा वडा नं. ५ का वडा अध्यक्ष समिर झालाई सप्तरी प्रिमियर लिगमा पुरयाएको योगदानको लागि सम्मान समेत गरिएको थियो ।

सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजबिराज नगरपालिकाका नगर उपप्रमुख साधना झा, प्रमुख प्रशासकिय अधिकृत चन्द्र बहादुर कार्की, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ, राजबिराज नगरपालिका वडा नंं. १ का अध्यक्ष, चन्द्र शेखर चौधरी, वडा नं. २ का अरुण यादव, वडा नं. ५ का समिर झा, वडा नं. ८ का जयनारायण मण्डल, सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष बिष्णु यादव, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास लगायतले खेलाडिहरुलाई पुरस्कार तथा ट्रफीहरु बितरण गर्नु भएको थियो ।