Cricket Himalaya
Cricket News From Top of The World

पारस खडका र प्रतिभा माली सेन्चुरी बैंकको ब्रान्ड एम्बासडर !!

श्रावण २, क्रिकेट हिमालय

सेन्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खडकालाई १ बर्षको लागि “ब्रान्ड एम्बेसडर” को रुपमा नियुक्त गरेको छ । खेल क्षेत्रसँग सम्बन्ध जोड्दै बैंकले आफ्नो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्न खेल सम्बद्ध ब्यक्तिहरुलाई ब्रान्ड एमबेसडरमा नियुक्त गरेको हो । राष्ट्रिय क्रिकेट कप्तान पारस खडका सँगै सेन्चुरी बैंकले राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालिलाई पनि ब्रान्ड एमबेसडर बनाएको छ । सेन्चुरी बैंकका काठमान्डौ उपत्यकामा १२ शाखाहरु र उपत्यका बाहिर ८३ शाखाहरु रहेको छ ।

बैंकले सुरुवात देखि नै स्पोर्ट्सलाई प्रायोरिटी दिदै आएको छ, कर्पोरेट रेस्पोन्सिबिलिटी अन्तर्गत नै राष्ट्रिय हिरोहरुलाई ब्रान्ड एम्ब्यासडर बनाईएको हो । – सेन्चुरी बैंक डेपुटी सिईओ

कर्पोरेट सेक्टरको ठूलो प्रतियोगिता सन्चालन गर्दै गरेको सेन्चुरी बैंक सँगको आवद्धताले समग्र खेलकुद क्षेत्र लाभान्वित हुनेछ, खेल लाई अझ बढी सहयोग गर्ने अपेक्षा गर्दछु । – कप्तान पारस खडका