Cricket Himalaya
Cricket News From Top of The World

सप्तरी प्रिमियर लिग : बजाज खडकको लगातार चौथो जित, फाइनलमा बोदे बर्साइन सङ भिडने !

१ श्रावण, राजबिराज ।

राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बजाज खडक वारियर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई पराजित गरेको छ ।
३ टोलि सहभागी लिगको समाप्ति पछि सबै ४ खेलमा शतप्रतिशत जितको साथ समुह बिजेताको रुपमा बजाज खडक वारियर्स तथा ४ मध्ये २ खेलमा जित र २ खेलमा हारको साथ उपविजेताको रुपमा बोदे बर्साइन थन्डर्स फाईनलमा प्रवेश गरेको छ । मेहबुब आलम कप्तानीको तिलाठी कोइलाडीले भने ४ वटै खेलमा पराजित हुन पुग्यो ।

सप्तरी क्रिकेट संघ द्वारा आयोजित प्रतियोगिताको फाईनल खेल बुधबार ११ बजे बजाज खडक वारियर्स र बोदे बर्साइन थन्डर्स बीच खेलिनेछ ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रनको योगफल तयार गरेको थियो । उसको लागि ओपनर राहुल मण्डलले सर्वा्धिक ३० रन, संसाद शेखले २२ रन तथा बिकाश दासले १६ रन बनाए। बलिङ्गतर्फ बजाज खडक वारियर्स बलर गोमनन्द अमथ, उपेन्द्र रोय, बिबेक यादब र पुष्प थापाले २र२ विकेट हात पारे ।

११३ रनको लक्ष्य वारियर्सले १६.५ ओभरमा पछ्यायो । ओपनर हरिशंकर शाहले अविजित ४७ रन तथा कप्तान बिबेक यादबले अविजित ४२ रन बनाएपछि जित सहज बन्यो। शाहले ५३ बलमा ४ चौका र १ छक्का तथा यादब २२ बलमा २ चौका र ५ छक्का प्रहार गरे । हसिम अन्सारीले १६ रन योगदान दिए ।
अलराउण्ड योगदान दिएका कप्तान बिबेक यादब खेलको म्यान अफ द म्याच घोषित भए जसलाई उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले पुरस्कृत गर्नुभयो ।