Cricket Himalaya
Cricket News From Top of The World

अर्घाखाँची प्रिमियर लिग : खेलाडी दर्ता समय थपियो !

अर्घाखाँची, ३२ असार | नारायण पाण्डे

अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेल मैदानमा हुने अर्घाखाँची प्रिमियर लिग एपिएलको खेलाडी नाम दर्ता समय थप गरिएको छ । प्रतियोगिता संयोजक ऋषि भट्टराईका अनुसार प्रतियोगिता आउन अलि समय रहेको र प्रतियोगिता बारे अन्य जानकारी सार्वजनिक भईनसकेको र निरन्तरको बर्षाले खेलाडी छनोट हुन नसक्ने हुँदा समय बढाईएको हो । समय थप भएसंगै अब अर्घाखाँची जिल्लाको कुनै पनि इच्छुक खेलाडीले साउन १५ गते सम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन् । त्यस्तै प्रतियोगिता बारे अन्य सम्पुर्ण जानकारी पनि केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताईएको छ । यो प्रतियोगिता दोस्रो संस्करण हो । पहिलो संस्करण गत बर्ष सम्पन्न भएको थियो । त्यस्तै नाम दर्ता गराएका खेलाडीलाई छनोटको लागि प्रतियोगिताको अफिसियल फेसबुक मार्फत मिति, समय र स्थान जानकारी गराईने छ ।

ऋषि भट्टराई : ९८६१७५१४०२
नारायण पाण्डे : ९८६७३२८५३८

(बुटवल र अर्घाखाँची बाट फर्म भर्न सकिने )