Cricket Himalaya
Cricket News From Top of The World

घरेलु क्रिकेट EPL र UNDP बिचको सहकार्यले सिर्जित ६ मुख्य प्रश्न र उत्तर !

असार १९, क्रिकेट हिमालय

– घरेलु लिग EPL र UNDP बिच सस्टेनेबल डेभलपमेन्ट गोलको लक्ष हासिल गर्न नया साझेधारी भयसङै केहि आम चासोका प्रश्न र उत्तरहरु

१. के हो UNDP को सस्टेनेबल डेभलपमेन्ट गोल ( SDGs )?

– यो ग्लोबल लक्ष हो, जसले २०३० सम्म गरिबी निवारण, प्लानेटको सुरक्षा , सम्पुर्ण मानव जातिको सान्ती र समृद्धिको ग्यारेन्टी गर्ने लक्ष राखेको छ ! यो मिलेनियम डेभलपमेन्ट गोलको सफलता पस्चात अगाडी ल्याइयेको हो !

२. नेपाली क्रीकेट लिग सङ UNDP को साझेदारी किन ?

– सेप्टेम्बर, २०१५ मा UN Member States हरुले जसमा नेपाल पनि पर्छ, SDGs लाइ अवलम्बन गर्ने निर्णय गरेका थिए ! लक्ष प्राप्तिको लागी UNDP ले नेपाली खेलकुद जहा अधिकान्स युवाहरु इन्भल्व हुन्छन लाइ रोजेको हो ! नेपाली खेलकुद छेत्रमा EPL नै सबै भन्दा लोकप्रिय र युवाहरु सामेल हुने खेल हो भन्ने ठम्याइ UNDP को रह्यो र यो साझेदारी सम्पन्न भयो !

३. EPL ले कसरी SDGs लाइ अघि बढाउछ ?

– सस्टेनेबल डेभलपमेन्ट लक्ष (SDGs) प्राप्त गर्न, लक्ष सम्बन्धमा जनचेतना फैलाउन नेपालमा UNDP र EPL ले संयुक्त रुपमा प्रयासहरु गर्नेछ, स्टेकहोल्डर्सलाइ परिचालन र लक्षको एडभोकेसी गर्नेछ !

४. SDGs लक्ष प्राप्तिको लागी EPL ले कसरी योगदान दिनेछ ?

– EPL मा हजारौ युवा, खेलप्रेमी, स्टेकहोल्डर्स प्रत्यक्ष रुपमा जोडिन्छ्न, र लाखौ युवा सामाजिक सन्जाल र टेलिभिजन मार्फत EPL सङ जोडिन्छन, उनिहरु बिच UN को सस्टेनेबल डेभलपमेन्ट गोलको उद्देस्य, लक्ष हासिल गर्न युवाको भुमिका, लक्षको प्रोमोसन आदि गर्नेछ !

५. यो साझेदारी बाट Cricket लाइ के फाइदा ?

– यो नाफा घाटाको बिषय हैन नै , Nepal ले समेत एग्रीमेन्ट गरेको “ग्लोबल लक्ष” पुरा गर्न EPL ले खेल्ने भुमिका महत्त्वपूर्ण हो ! UN मार्फत UNDP हुदै सन्सारभर अघि सारियेको दीर्घकालीन बिकास लक्ष पुरा गराउन भुमिका खेल्नु चानचुने कुरा भने हैन ! यो मार्फत येदि साझेदारी अनुसार SDGs सम्बन्धमा भुमिका खेल्न सफल भय समग्र नेपाली क्रिकेटको उचाइ भने बढने छ !

६ UNDP र EPL साझेदारीले आम समर्थक सङ गरेको अपेक्षा ?

– घरेलु प्रतिस्ठित लिग EPL मा जोडिने लाखौ युवा खेलप्रेमी समर्थकहरु मार्फत बिश्वभर UNDP को सस्टेनेबल डेभलपमेन्ट गोलको प्रोमोसन, लक्ष प्राप्तिमा आ आफ्नो तर्फबाट भुमिका, गरिबी निवारण एवम बिश्व सान्ती र समृद्धिको बाटोमा अघि बढ्ने तर्फ स्पोर्ट्सको भुमिकालाइ सार्थक पार्नु रहेको छ