Cricket Himalaya
Cricket News From Top of The World

आयरल्याण्डका ‘केविन ओ’ब्रायन’ काठमाडौं किंग्समा आवद्ध !

असार १२, क्रिकेट हिमालय

[dropcap]का[/dropcap]न्छो टेस्ट रास्ट्र आयरल्यान्डका स्टार ब्याट्सम्यान “केविन ओ’ब्रायन” तेश्रो सिजनको एभरेस्ट प्रिमियर लिग अन्तर्गत काठमान्डौ किंग्समा आवद्ध भएका छन । केविन ओ’ब्रायन पहिलो आयरल्यान्डका खेलाडी हुन जसले २०१८ मा आयरल्यान्डले पाकिस्तान बिरुद्ध खेलेको पहिलो टेस्टमा सतक प्रहार गरेका थिए । उनले २०११ को बिश्वकपमा इङल्यान्ड बिरुद्ध तिब्र रुपमा सतक समेत प्रहार गरेका थिए । केविन ओ’ब्रायनले आयरल्यान्डका लागि २००४ को यु-१९ बिश्वकपमा डेब्यु गर्दै टिमलाई सेमिफाइनल पुर्यायका थिए । आयरल्यान्डको राष्ट्रिय टिममा २००६ देखी रहेका केविन ओ’ब्रायनले वान डे वर्ल्ड कप ३ पटक, टि-२० वर्ल्ड कप ५ पटक खेलीसकेका छन । घरेलु लिगहरु सरे, सोमरसेट, नटिम्घनसायर, टृनाड एन्ड टोबागो आदी बाट खेल्ने केविन ओ’ब्रायन आयरल्यान्डका लागि राष्ट्रिय टिमबाट सबै भन्दा बढी ३००+ क्याप जितिसकेका छन ।

भारतसँग टि-२० म्याच यहि हप्ता खेल्दै गरेको आयरल्यान्डका प्रमुख खेलाडी केविन ओ’ब्रायनको एभरेस्ट प्रिमियर लिग टिम काठमाडौ किंग्समा हुने आवद्धताले उक्त टिमका अन्य खेलाडिहरु उत्साहित रहेका छन ।

काठमान्डौ किंग्स सि ओ ओ, राज जङ थापा

केविन ओ’ब्रायन वर्ल्ड क्लास अलराउन्डर हुन, आफ्नो क्लब र देशको लागि सदैब महत्त्वपूर्ण भुमिका खेलेका उनी नेपालमा प्रतिष्ठित एभरेस्ट प्रिमियर लिग खेल्न आतुर छन, हामी उत्साहित छौ ।

एभरेस्ट प्रिमियर लिगका हरेक टिमले बढिमा ३/३ जना बिदेशी खेलाडिहरु आवद्ध गर्न पाउँछन् । काठमाडौ किंग्सले बाँकी २ खेलाडी र अन्य टिमको बिदेशी खेलाडी समेत छिट्टै आवद्ध गरिने जानकारी एभरेस्ट प्रिमियर लिगका एम डि आमिर अख्तरले जनाएका छन ।