Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेटमा गणितिय किस्सा कती महत्त्वपूर्ण हुन्छ ?

असार ११, क्रिकेट हिमालय / मोहन ज्ञवाली

क्रिकेटमा गणितिय पक्ष बुझ्नु धेरै महत्वपुर्ण मानिन्छ । खेललाई गहिराईमा बुझेर खेलमा रोमाञ्चित हुन पनि यो जरुरी छ । त्यसैले यस बारे केहि मोहन ज्ञवाली जि को लेख :

क्रिकेटमा नेट रन रेट कसरी निकाल्ने साथै अन्य क्रिकेट सम्बन्धी गणितिय बिधिहरुबाट तथ्यांक निकाल्ने तरिकाहरु :

(संकेत : / = भागा × = गुणा + = जोड = घटाउ)

१. नेट रन रेट निकाल्ने तरिका :

आफुले ल्याएको कुल रन / बिपक्षी टिम सँग खेलेको कुल ओभर – आफुले बिपक्षी टिम लाई दिएको कुल रन – बिपक्षी टिम खेलेको कुल ओभर, यहाँ विकेट सँग कुनै सबाल हुदैन । कुल ओभर र कुल रन महत्त्वपूर्ण हुन्छ ।

जस्तै उदाहरण को लागि धनगढी प्रिमियर लिगमा [DPL] भएको रुपन्देही र कंचनपुर बिच को खेल

रुपन्देही १४५/८ (२०) 145/8 (20)

भर्सेज

कंचनपुर १३१/९ (२०) 131/9(20)

यस्तो अबस्थामा मा रन रेट निकाल्दा :

१४५/२० – १३१/२० = ७.२५ – ६.५५ = +०.७०० [145/20 -131/20=7.25 – 6.55=+0.700]

हुन आउँछ, यहाँ विकेट को कुनै सबाल हुदैन । आफु र विपक्षी ले बनाएको रन र खेलेको ओभर महत्त्वपूर्ण हुन्छ । यहाँ मैले एउटा खेल को मात्र आकडा लिएको छु खेल हरु बडदै जादा बनाएको रन र खेलेको ओभर पनि थपिदै जान्छ सोही अनुसार रन रेट निकालिन्छ । फर्मुला परिबर्तन हुदैन ।

२. ब्याटिङ औसत निकाल्ने तरिका :

ब्याटिङ गर्दा हानेको कुल रन / ब्याटिङ गर्दा आउट भएको खेल संख्या :

जस्तै कुनै पनि ब्याट्सम्यान ले ७१ पटक ब्याटिङ गर्दा ३१०१ रन बनाउछ भने यस्तो अबस्थामा मा

३१०१/७१ = ४३.७७ [3101/71=43.77]

ब्याटिङ औसत हुन आउँछ । यहाँ बलको कुनै सबाल हुदैन । कुनै पनि ब्याटिङले कति पटक ब्याटिङ गरेको संख्या र बनाएको रन महत्त्वपूर्ण हुन्छ । नोट यदी कुनै पनि ब्याट्सम्यान अबिजित खेलेको खण्डमा रन जोडिन्छ तर अबिजित खेलेको खेल संख्या गनिदैन ।

३. बलिंग औसत निकाल्ने तरिका :

बलर ले फ्याकेको कुल बल संख्या / लिएको कुल विकेट :

उदाहरण लागि कुनै पनि बलर ले ५४३ रन दिदा १६ विकेट लिन्छ भने उसको बलिङ् औसत निकाल्दा

५४३/१६ = ३३.९३ [543/16=33.93]

बलिङ औसत हुन आउँछ यहाँ बलको कुनै सबाल हुदैन भने रन र विकेट महत्त्वपूर्ण हुन्छ ।

४. ब्याटिङ स्ट्राइक रेट निकाल्ने तरिका :

कुल हानेको रन × १००/face [100/face] गरेको कुल बल उदाहरणको कुनै पनि ब्यास्ट्म्यान ले ३३ (२४) [33(24)] यस्तो रन बनाएको खण्डमा उसको ब्याटिङ स्ट्राइक रेट :

३३x१००/२४ = ३३००/२४ = १३७.५० [33×100/24=3300/24=137.50]

हुन आउँछ । यहाँ विकेट सँग खासै सबाल हुदैन । रन र बल महत्त्वपूर्ण हुन्छ अनि स्ट्राइक रेट जहिले पनि १०० मा मापन गरिन्छ ।

५. बलिंग स्ट्राइक रेट निकाल्ने तरिका :

बलर ले फ्याकेको कुल बल / लिएको विकेट :

उदाहरण को लागि ७७६ बल फ्याकी २५ विकेट लिएको अवस्थामा उसको बलिङ स्ट्राइक रेट :

७७६/२५=३१.०४ [776/25= 31.04]

हुन आउँछ, यहाँ रन सँग सबाल हुदैन फ्याकेको कुल बल र विकेट महत्त्वपूर्ण हुन्छ ।

६. ईकोनोमीक रेट (बलिङ) निकाल्ने तरिका :

बलर ले दिएको जम्मा रन / जम्मा फ्याकेको ओभर संख्या :

कुनै पनि बलर ले २२५ रन दिदा ५२ ओभर फ्याकेको हुन्छ भने उस्को ईकोनोमीक रेट निकाल्दा :

२२५५२=४.३२ [225/52=4.32]

ईकोनोमीक रेट हुन आउँछ, यहाँ विकेट सँग कुनै सबाल हुदैन । रन र ओभर महत्त्वपूर्ण हुन्छ ।

७. रन रेट (रन प्रति ओभर) निकाल्ने तरिका :

कुनै टिम ले दिएको कुल रन / फ्याकेको कुल ओभर संख्या :

कुनै पनि टिम ५० ओभर मा २८० रन दिएको अबस्थामा रन रेट निकाल्दा :

२८०/५० = ५.६० [280/50 =5.60]

रन रेट हुन आउँछ, यहाँ विकेट को कुनै पनि सबाल हुदैन । रन र ओभर महत्त्वपूर्ण हुन्छ ।

[खबर क्रिकलाला देखी लिएका हौ ।]