Cricket Himalaya
Cricket News From Top of The World

यु-१६ सान क्रिकेट कप : जिएचसिएलाई उपाधी, खेलको [फोटोफिचर]

असार ९, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद बिज्ञान प्रतिस्ठान द्वारा जेष्ठ २७ देखी मुलपानी र किर्तिपुर मैदानमा आयोजित कागेश्वरी मनोहरा यु-१६ सान क्रिकेट कपको उपाधि वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी (जीएचसीए) ले जितेसगै सकिएको छ । किर्तिपुर मैदानमा हिजो सम्पन्न फ़ाइनल खेलमा जीएचसीए ले नेक्सस क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । बर्षाले मैदान प्रभावित हुदा १० ओभरमा झारिएको फाइनल खेलमा टस जितेर फर्स्ट ब्याटिङ्ग गरेको नेक्सस साहिल पटेलको ११ रनको सहयोगमा ९.४ ओभरमा अल आउट हुदै मात्र ४४ रन बनाएको थियो । पुरा खबर यहाँ क्लिक गरी पढ्नुहोस् ।

फाइनल खेलको म्यान अफ द म्याच जीएचसीए का बिबेक यादब, बेस्ट बलर एन्जल्स स्पोर्ट्सका किसोर बोगटी, बेस्ट ब्याट्सम्यान ओसिसका आइस भट्टराई, इमर्जिङ प्लयेर बालुवाटार क्रिकेट क्लबका प्रतीक पन्डित, म्यान अफ द सिरिज ओसिसका सचिन शर्मा भएका थिए ।