Cricket Himalaya
Cricket News From Top of The World

यु-१६ सान क्रिकेट कप : वाइवाइ जिएचसिए उपाधी बिजेता !!

असार ८, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद बिज्ञान प्रतिस्ठान द्वारा जेष्ठ २७ देखी मुलपानी र किर्तिपुर मैदानमा आयोजित कागेश्वरी मनोहरा यु-१६ सान क्रिकेट कपको उपाधि वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी (जीएचसीए ) ले जितेको छ । किर्तिपुर मैदानमा आज सम्पन्न फ़ाइनल खेलमा जीएचसीए ले नेक्सस क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । बर्षाले मैदान प्रभावित हुदा १० ओभरमा झारिएको फाइनल खेलमा टस जितेर फर्स्ट ब्याटिङ्ग गरेको नेक्सस साहिल पटेलको ११ रनको सहयोगमा ९.४ ओभरमा अल आउट हुदै मात्र ४४ रन बनाएको थियो । नेक्ससलाई झिनो स्कोरमा समेट्न जीएचसीए का बिबेक यादव र अभिसेख थापाले समान २/२ विकेट, पियुष के सी, बिज्ञान गौतम, राम सुरत यादवले समान १/१ विकेट लिएका थिए । झिनो लक्ष्य पछ्यायाको जीएचसीए ले ९.१ ओभरमा ५ विकेट गुमाउदै ४५ रन बनाएपछी उपाधि ५ विकेटले जितेको थियो । जीएचसीए का लागि अभिसेख थापाले १५ रन, बिबेक यादवले १६ रन बनाएका थिए । नेक्ससका लागि त्रीतराज दास, सुबास बिक, चिराग साह र आबिस्कार जोशीले समान १/१ विकेट लिएका थिए । सान यु-१६ को उपाधि जित्न सफल जीएचसीए ले नगद रु ३० हजार सहित ट्रफी र उपबिजेता नेक्ससले नगद रु २० हजार सहित ट्रफी हात पारेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच जीएचसीए का बिबेक यादब, बेस्ट बलर एन्जल्स स्पोर्ट्सका किसोर बोगटी, बेस्ट ब्याट्सम्यान ओसिसका आइस भट्टराई, इमर्जिङ प्लयेर बालुवाटार क्रिकेट क्लबका प्रतीक पन्डित, म्यान अफ द सिरिज ओसिसका सचिन शर्मा भएका थिए ।