Cricket Himalaya
Cricket News From Top of The World

सान यु-१६ : नेक्सस र वाइवाइ जिएचसिए फाइनल प्रबेश !!

असार ८, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद प्रतिस्ठान (सान) द्वारा मुलपानी र टि यु मैदानमा जारी सान यु-१६ क्रिकेट प्रतियोगिता अन्तर्गत वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडमी (जिएचसिए) र नेक्सस क्रिकेट एकेडेमी (एनसिए) फाइनल प्रबेश गरेका छन । सान यु-१६ अन्तर्गको पहिलो सेमिफाइनल खेलमा अमीत यादबको उत्कृष्ट प्रदर्शनको सहयोगमा वाइवाइ जिएचसिए ले ओसिस क्रिकेट एकेडेमिलाई २७ रनले पराजित गर्दै फाइनल प्रबेश गरेको हो ।

त्यसैगरि उक्त प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल अन्तर्गत बिपिन साहिको उत्कृष्ट ४७ रनको सहयोगमा बिरेन्द्र सैनिक स्कुललाइ २३ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।