Cricket Himalaya
Cricket News From Top of The World

नेपालले लर्ड्समा खेल्ने त्रिकोणात्मक टि-२० शृंखलामा एमसिसीको कप्तानी जयबर्धनेले गर्ने

असार ६, क्रिकेट हिमालय

नेपालले लर्ड्समा नेदरल्याण्ड र मेरिलेबन क्रिकेट क्लब(एमसीसी) बिच खेल्ने त्रिकोणात्मक टि-२० शृंखलामा एमसिसीको कप्तानी जयबर्धनेले गर्ने भएका छन् । लर्ड्स क्रिकेट मैदानले सामाजिक संजालमा जानकारी शेयर गर्दै जयबर्धनेले कप्तानीको जिम्मेवारी सम्हाल्ने जनाएको छ । जुलाई २९ तारिकमा एकै दिन नेपाल, नेदरल्याण्ड र एमसिसीले एकअर्का बिरुद्द १/१ टि-२० खेल खेल्दैछन् । जयबर्धनेसहित स्कटल्याण्डका तिन खेलाडीहरु डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने भएका छन् । तिनैजना खेलाडीहरुले केहिदिन अगाडी इंग्ल्याण्डबिरुद्द खेलेका थिए । जयबर्धनेले गरेको योगदानको कदर गर्दै एमसिसीले सन् २०१५ मा लाईफटाईम सदस्यबाट समेत सम्मानित गरेको छ ।

सम्पूर्ण जानकारी सहित खबर यहाँ क्लिक गरी पढ्न सक्नुहुनेछ ।