Cricket Himalaya
Cricket News From Top of The World

पोखरा प्रिमियर लिग (पि पि एल) कार्तिक ९-२० सम्म पोखरामा हुने !

असार ५, क्रिकेट हिमालय

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा लि को आयोजनामा कार्तिक ९-२०, २०७५ मा फ्रेन्चाइज्ड बेस्ट “पोखरा प्रिमियर लिग (पि पि एल)” हुने भएको छ । पोखरामा आयोजना हुने उक्त टि-२० प्रतियोगितामा नेपालमा चर्चित सहरहरुको स्वामित्वमा हुनेछ र खेलाडिहरुको छनोट अक्सन मार्फत गरिने छ । प्रतियोगिता पोखरा स्थित पोखरा रङ्गशालामा हुनेछ । प्रमुख ६ सिटिहरु समाबेश पि पि एल को कार्तिकमा हुने मुल प्रतियोगिता अघि जुनियर पि पि एल, जुन यु-१६ हुनेछ, प्रतियोगिता समेत काठमान्डौमा हुनेछ । फ्रेन्चाइज्ड टिमहरुले अनिबार्य रुपमा यु-१६ टिम बनाउनेछन । इ पि एल एवम डि पि एल कै स्ट्यान्डर्डमा पि पि एल प्रतियोगिता हुने जानकारी आयोजक क्विन्स इभेन्ट प्रा लि का एम डि छुम्बी लामाले दिएका छन ।

छुम्बी लामा (एम डि, क्विन्स इभेन्ट म्यानेजमेन्ट)

“नयाँ कन्सेप्टमा यो प्रतियोगिता हुदैछ, मुल प्रतियोगिता अघि जुनियर प्रतियोगिता समेत गर्दैछौ, पोखरामा खेल पर्यटनको बिकासमा योगदान पुग्नेछ”

पारस खडका (कप्तान, नेपाल राष्ट्रिय क्रिकेट टिम)

“ठूलो उर्जा प्राप्त हुदैछ खेलाडिहरुलाई, पोखरामा एस्ले क्रिकेटको लोप्रियतालाई बढाउने छ”

जगत टमटा (हेड कोच, नेपाल राष्ट्रिय क्रिकेट टिम)

“क्रिकेट बिकासको लागि काठमान्डौ बाहिर ठुला प्रतियोगिता हुन जरुरी छ”