Cricket Himalaya
Cricket News From Top of The World

२ बर्षको लागि शरद भेसावकर र एसएस क्रिकेटको प्रायोजन सम्झौता थपियो

असार ५, क्रिकेट हिमालय

शरद भेसावकर र भारतीय क्रिकेट सामग्री कम्पनी एसएस क्रिकेट बिचको प्रायोजन सम्झौता २ बर्षको लागि थपिएको छ । क्रिकेटर भेसावकरले सामाजिक संजालबाट जानकारी दिए अनुसार अहिले कम्पनि र आफुबीच थप २ बर्षको लागि सम्पूर्ण खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको बताएका छन् । उक्त कम्पनिले भेसावकरलाई चाहिने क्रिकेट सामग्री प्रदान गर्ने गर्दछ । यस्अघी भेसावकर र भारतीय क्रिकेट सामग्री कम्पनी एसएस क्रिकेट बिच ३ बर्षका लागि सम्झौता भएको थियो । सम्झौता नवीकरण गरेर सन् २०२० सम्मको लागि बनाएको छ ।