Cricket Himalaya
Cricket News From Top of The World

डिभाईन ईन्टर स्कुल क्रिकेट, दाङ : सेमिफाइनल समीकरण पुरा !!

असार ४, क्रिकेट हिमालय

दाङ तुलसीपुर अरनिको मैदानमा जारि डिभाईन ईन्टर स्कुल टि २० क्रीकेट प्रतियोगिताको चौथो दिन सोमबार अमर बोर्डिङ स्कुल कालाखोला, डिभाईन टेम्पल एकाडेमी र राप्ती बाल एकाडेमी सेमिफाईनलमा प्रवेश गरेका छ्न ।

पहिलो खेल : अमर स्कुल र राप्ती बिद्या

टस जितेर ब्याटिङ रोजेको अमर स्कुलले १७ दशमलव २ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो ।जसमा अमरका सागरले सर्वाधिक ३५ रनको योगदान दिए भने गोपालले १३ रन जोड्न सफल भए । बलिङ तर्फ ,राप्ती बिद्याका प्रबिन र प्रोसेसले समान २ र २ विकेट लिए १ सय रनको बिजयी लक्ष्य पाएको राप्ती बिद्यामन्दिर ९ दसमलव ४ ओभरमा अलआउट हुँदै मात्र २९ रन बनाउन सक्यो १खेलमा राप्ती बिद्याका कुनै पनि ब्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङ अमर स्कुलका धन बहादुर,गोपाल र सन्दिपले क्रमशः ४,२ र १ बिकेट लिए ।

खेलमा ४ विकेट लिन सफल अमर बोर्डिङका धन बहादुर म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल : डिभाइन टेम्पल चन्द्रोदय

टस जितेर ब्यटिङ गरेको डिभाईन टेम्पल २० ओभरमा समाप्तिमा आफना सबै विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । जसमा प्रकाश भण्डारिले सर्वाधिक ३६ रनको योगदान दिए भने २६ रनको योगदान दिए ।

बलिङ तर्फ चन्द्रोदयका संगम वलि,रबिन बस्नेत र दिनेश रावलले क्रमशः ३,२ र १ विकेट लिए । प्रतिउत्तरमा १ सय ४४ रनको बिजयी लक्ष्य पाएको चन्द्रोदय ९ दशमलव ५ ओभरमा अलआउट हुँदै ४३ रन मात्र बनाउन सक्यो

उत्कृष्ट प्रदर्शन गर्दै ३६ रन ५ विकेट लिन सफल डिभाईनका प्रकाश भण्डारी म्यान अफ द म्याच घोषित भए ।

तेश्रो खेल : राप्ती बाल र पुपुल्स ल्यान्ड

तेस्रो क्वाटर फाईनल खेलमा राप्ती बालले दिएको एक सय रनको बिजयी लक्ष्य पछ्याएको पुपुल्स ल्याण्डले बराबरी खेले पछि खेलको नतिजा सुपर ओभर बाट निकालि राप्ती बाल एकेडमी सेमिफाइनल प्रबेस गरेको छ !