Cricket Himalaya
Cricket News From Top of The World

बिदुर र देबिघाट बाल क्रिकेट क्लब जलपादेबी प्रिमियर लिगको फाइनलमा प्रबेश !

असार ३, क्रिकेट हिमालय

जलपादेबी प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा नछेत्र क्रिकेट क्लबलाई ३४ रनले पराजित गर्दै बिदुर क्रिकेट क्लब फाईनलमा प्रबेश गरेको छ । आज सम्पन्न दोश्रो सेमिफाइनल खेलमा टस हारेर फर्स्ट ब्याटिङ गरेको बिदुर १४.५ ओभरमा अल आउट हुँदै ८९ रन बनाएको थियो । बिदुरका लागि राजेस रिमालले ३२ रन, मौसम दाहालले ७ रन बनाएका थिए । नछेत्रका जीवन सुनारले ३ विकेट, प्रकाश माझिले २ विकेट लिएका थिए । झिनो लक्ष पछ्यायको नछेत्र मात्र ८.३ ओभरमा अल आउट हुँदै ५५ रन मात्र बनाएपछी ३४ रनले पराजित रह्यो । नछेत्रका लागि कुसल नेपालिले २४ रन बनाएका थिए । बिदुरका बलर दिपेन्द्र प्याकुरेलले ४ विकेट, राजेस रिमाल, राजेस राजभ्न्डारिले समान २/२ विकेट लिएका थिए । बिदुरका राजेस रिमाल ३२ रन र २ विकेट लिदै प्लयेर अफ द म्याच भएका थिए ।

प्रतियोगिताको फाइनल खेल बिदुर क्रिकेट क्लब र देबिघाट बाल क्लब ए बिच असार ७ गते हुनेछ ।