Cricket Himalaya
Cricket News From Top of The World

उप मेयर छात्रा स्कुल क्रिकेट, बाकेको उपाधी बिजेता जनज्योति स्कुल [फोटोफिचर] !!

असार ३, क्रिकेट हिमालय

कोहलपुर नगरपालिकाको आयोजना एवम मध्यपश्चिम क्रिकेट क्लब र म्युनिसिपल एजुकेसन डिपार्टमेन्टको ब्यवस्थापनमा प्रस्तावित अन्तरास्ट्रिय कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न उप मेयर छात्रा स्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन मा. वि. लाई ४ रनको साघुरो अन्तरले पराजित गर्दै जनज्योति मा. वि. ले उपाधी जितेको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको जनज्योतिले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउदै १३० रन बनाएको थियो । जनज्योतिका लागि समिक्षा बि क ले नटआउट ६३, अन्जली चौधरिले १७ रन बनाएका थिए । त्रिभुवन मा. वि. का सिजल चित्रकारले २ विकेट लिएकी थिईन । १३० रनको लक्ष पछ्याउदै दोश्रो ब्याटिङ गरेको त्रिभुवन मा. वि. ले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउदै मात्र १२६ रन बनाएपछी ४ रनको झिनो अन्तरले पराजित रह्यो । त्रिभुवन मा. वि. का लागि नितु सुनार १४, निरुता साही १०, एलिसा पुन ३४, लक्ष्मी साहीले २० रन बनाएका थिए । जनज्योतिका निर्मला बस्नेतले १ विकेट, बाल कुमारी सिंहले २ विकेट, समिक्ष्या बि क ले १ विकेट लिएका थिए ।

उपाधी बिजेता जनज्योतिले सिल्ड र नगद २१ हजार ५०० हात पार्यो । उप बिजेतामा सिमित त्रिभुवन मा. वि. ले ट्रफीका साथै नगद रु १० हजार ५०० प्राप्त गरेको थियो ।

जनज्योतिकी समिक्षा बि क प्लयेर अफ द फाइनल र बेस्ट ब्याटर, त्रिभुवन मा. वि. कि सृजना पुन मगर प्लयेर अफ द टुर्नामेन्ट, त्रिभुवन मा. वि. कै निरुता साही बेस्ट बलर, त्रिभुवन मा. वि. कै एलिसा पुन मगर बेस्ट विकेटकिपर भएकी थिईन ।

बाकेका सि डि ओ रमेश कुमार के सि को प्रमुख आतिथ्यता, अर्गनाइजिङ कमिटी अध्यक्ष एवम उप मेयर सन्जु कु थापा र टुर्नामेन्ट कन्भेनर एवम म्युनिसिपल एजुकेसन अफिसर मन प्रसाद रेग्मिको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको कार्यक्रम सम्योजक एवम नेपाली राष्ट्रिय क्रिकेट टिमको पुर्ब कप्तान लेख बहादुर छेत्री

“बाके जिल्ला छात्रा क्रिकेटको लागि सबैभन्दा बढी अग्रसर जिल्ला हो, स्कुल स्कुलमा हामी छात्रा क्रिकेटलाई फैलाउने हाम्रो अभियान अन्तर्गतकै एक भाग यो प्रतियोगिता हो, सहयोगी सम्पुर्ण ब्यक्ती एवम सन्स्था प्रती आभार ब्यक्त गर्दछु ।”