Cricket Himalaya
Cricket News From Top of The World

डिभाइन स्कुल क्रिकेट दोश्रो दिन : चन्द्रोदय, पिपुल्स र राप्ती एकेडमी बिजयी !

असार २, क्रिकेट हिमालय

[dropcap]तु[/dropcap]लसीपुर स्थित अरनिको मैदानमा जारी डिभाईन ईन्टर स्कूल टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शनिवार चन्द्रोय बिद्या कुन्ज, पिपुल्स ल्याण्ड र राप्ती बाल एकाडेमिले बिजयी यात्रा सुरु गरेका छ्न । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको आफ्नो पहिलो खेलमा फातिमा स्कूल तुलसीपुर लाई ७ विकेटले पराजित गर्दै चन्द्रोयले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै सम्राट स्कुल दमारगाँउलाई ४ विकेटले पराजित गर्दै पिपुल्स ल्याण्ड हापुरेले बिजयी यात्रा सुरु गरेको हो भने, त्रिदेव बोर्डिङ स्कूल श्रीगैं तुलसीपुरलाई ७ बिकेटले पराजित गर्दै राप्ती बाल एकाडेमिले बिजयी यात्रा सुरु गरेको हो ।

पहिलो खेल : फातिमा स्कुल र चन्द्रोदय

टस जितेर ब्याटिङ रोजेको फातिमाले दिएको ५२ रनको बिजयी लक्ष्य चन्द्रोदयले ४.२ ओभरमा आफ्नो ३ विकेटको क्षेतिमा पूरा गरेको थियो । जसमा प्रबेशले ३० रन जोडे । बलिङ तर्फ फातिमाका बिशालले २ विकेट लिएका थिए । ७.२ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको फातिमाका सन्तोष र रमेशले क्रमशः १९ र १६ रन जोडेका थिए । बलिङ तर्फ चन्द्रोदयका दिनेश र संगमले समान ३/३ विकेट लिएका थिए । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चन्द्रोदयका संगम ओली म्यान अफ दि म्याच घोषित भए ।

दोश्रो खेल : सम्राट र पिपुल्स ल्यान्ड

सम्राटले दिएको ८६ रनको बिजयी लक्ष्य पिपुल्स ल्याण्डले १३.१ ओभरमा ६ विकेट गुमाउदै पूरा गरेको हो । जसमा विशाल, दिवश र सिनेज राणाले क्रमशः २८, २७ र २५ रन जोडेका थिए । बलिङ तर्फ सम्राटका सन्तोष र रेमनले समान २/२ विकेट लिएका हुन । उक्त खेलमा पिपुल्स ल्याण्डका दिवश खड्का म्यान अफ दि म्याच घोषित भए ।

तेश्रो खेल : त्रिदेव र राप्ती बाल एकेडमी

टस जितेर ब्याटिङ गरेको त्रिदेवले दिएको ६८ रनको बिजयी लक्ष्य राप्ती बाल एकाडमीले १०.४ ओभरमा आफ्ना ३ विकेटको क्षेतिमा भेटाएको थियो । जसमा राप्ती बालका दिनेश र सन्दिपले क्रमशः ३३ र १९ रन को योगदान दिए । बलिङ तर्फ त्रिदेवका दिपक र आषिशले समान १/१ विकेट लिए । ब्याटिङ तर्फ त्रिदेवका दिपकले ३० रन बनाए भने बलिङमा राप्ती बालका सन्दिप र राजले सामान ३/३ विकेट लिए । खेलमा सन्दिप डिसी म्यान अफ द म्याच घोषित भए ।

असार ६ गतेसम्म चल्ने प्रतियोगितामा क्षेत्र न ३ अन्तरगतका १७ निजि बिधालयको सहभागिता रहेको छ ।