Cricket Himalaya
Cricket News From Top of The World

यु-१६ झापा ब्वाइज क्रिकेट दोश्रो दिन : काकरभिट्टा ११ बिजयी !

असार २, क्रिकेट हिमालय

मिलन क्रिकेट एकेडेमी द्वारा आयोजित यु-१६ झापा ब्वाइज च्याम्पियनसिप लिग, २०१८ को दोश्रो दिनको खेल अन्तर्गत काकरभिट्टा ११ बिजयी भएको छ ।

मेची लायन्स र काकरभिट्टा ११

टस जितेर फर्स्ट ब्याटिङ गरेको मेची लायन्सले निर्धारित १५ ओभरमा ९२ रन बनाएको थियो । मेची लायन्सका लागी सुरज राजबन्शिले ३८ रन, तनमय रोयले १६ रन, अभिसेक श्रेष्ठले ७ रन बनाएका थिए । काकरभिट्टाका अर्जुन भुजेलले ४ विकेट, अर्जुन दाहलले २ विकेट, आसिक रानामगरले १ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको काकरभिट्टा ११ ले ४ विकेट मात्र गुमाउदै ९३ रन बनाएपछी ६ विकेटको जित हासिल गर्यो । काकरभिट्टाको लागी मनिस खरेलले २२ रन, अनिस कार्कीले १९ रन, अर्जुन भुजेलले १६ रन बनाएका थिए । मेची लायन्सका नेराज चुडेल, तनमय रोय, उमेश राजबन्शिले समान १/१ विकेट लिएका थिए ।

मेची लायन्सका अर्जुन भुजेल ४ विकेट र १६ रन बनाउदै प्लयेर अफ द म्याच भएका थिए ।

यो पनि पढौ : यु-१६ झापा ब्वाइज क्रिकेट च्याम्पियनसिप पहिलो दिन : काकरभिट्टा ११ बिजयी