Cricket Himalaya
Cricket News From Top of The World

उप मेयर छात्रा स्कुल क्रिकेट, बाके : जनज्योति र त्रिभुवन मा. वि. फाइनलमा प्रबेश !

असार २, क्रिकेट हिमालय

प्रस्तावित कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी “उप मेयर छात्रा स्कुल क्रिकेट प्रतियोगिता” को आज सम्पन्न सेमिफाइनल खेलहरुमा बिजयी हुदै त्रिभुवन नमुना मा. वि. र जनज्योती प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन ।

पहिलो सेमिफाईनल : साइनिङ स्टार र जनज्योती

टस जितेर पहिले ब्याटिङका लागि उत्रिएको साईनिङ स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो । साइनिङका लागी जमुना रानाले २१, स्मृती धामीले १९, मोनिका रानाले १२, सुरक्षा परियार र बिपना वलीले समान ८ रन जोडेका थिए । जनज्योतीका बलर निर्मला बस्नेतले २ विकेट लिएकी थिईन भने मोनिका आलेले १ विकेट लिएकी थिईन । मध्यम लक्ष्य पछ्याएको जनज्योतीले १३.२ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य हासिल गरेको थियो । जनज्योतीका समिक्षा वि.के. ले २७, सुमिना चन्दले १४, जुनु बमले १२ र निर्मला बस्नेतले १० रनको योगदान गरेका थिए । प्लेयर अफ द म्याच १० रन जोड्दै २ विकेट लिन सफल जनज्योतीकी खेलाडी निर्मला बस्नेत घोषित भईन ।

दोस्रो सेमिफाईनल : सगरमाथा र त्रिभुवन मा. वि.

टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित १५ ओभरमा ६५ रन मात्र जोडेको थियो । त्रिभुवनका बलर सृजना पुनले २ विकेट लिएकी थिईन भने लक्ष्मी रानाभाट र रोशनी शाहाले समान १/१ विकेट लिएका थिए । ६६ रनको झिनो लक्ष्य पछ्याएको त्रिमाविले ९.१ ओभरमै लक्ष्य पुरा गरेको थियो । त्रिभुवन मा. वि. लागी अलिसा सुनारले २४ रन जोडेकी थिईन भने सृजना पुन मगरले २१ रनको योगदान गरेकी थिईन । उक्त खेलको प्लेयर अफ द म्याच त्रिभुवनकी सृजना पुन मगर घोषित भईन ।

जेष्ठ २६ गतेबाट सुरु भएको प्रतियोगिताको फाईनल खेल भोली (आईतबार) दिनको २ः३० बजे संचालन हुने भएको छ । कोहलपुर नगरभित्रका १२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले २१ हजार र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेताले १० हजार ५ सय र ट्रफी प्राप्त गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ ।