Cricket Himalaya
Cricket News From Top of The World

यु-१६ झापा ब्वाइज क्रिकेट च्याम्पियनसिप पहिलो दिन : काकरभिट्टा ११ बिजयी !!

असार १, क्रिकेट हिमालय

[dropcap]मि[/dropcap]लन क्रिकेट एकेडेमी द्वारा आयोजित यु-१६ झापा ब्वाइज च्याम्पियन्स लिग अन्तर्गत आज पहिलो दिनको खेलमा काकरभिट्टा ११ बिजयी भएको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको काकरभिट्टा ११ ले निर्धारित १५ ओभरमा ८७ रन बनाएको थियो । उसका लागी मनिस खरेलले २१ रन, आसिक रानामगरले १९ रन, अनिस कार्किले १८ रन बनाएका थिए । मेचिनगर ब्वाइजका नवराज बस्नेत, रिन्कुस राइ, सन्जोक राइले समान १/१ विकेट लिएका थिए । मेचिनगर ब्वाइजले निर्धारित १५ ओभरमा ८४ रन मात्र बनाएपछी ३ रनको साघुरो हार बेहोर्यो । मेचिनगरका लागी रोहिन राइले २७ रन, जोयदेब राजबन्शिले २५, समिर गिरिले ५ रन बनाएका थिए । काकरभिट्टाका आसिक रानामगरले ३ विकेट, दिनेस दाहलले २ विकेट, निरज साहले १ विकेट लिएका थिए ।

खेलमा ३ विकेट र १९ रन बनाउदै अलराउन्ड प्रदर्शन गर्ने काकरभिट्टाका आसिक राना मगर म्यान अफ द म्याच भएका थिए ।