Cricket Himalaya
Cricket News From Top of The World

अर्घाखाँची प्रिमियर लिग : भदौको अन्तिम साता देखी सुरु हुने

असार १, क्रिकेट हिमालय / मोहन ज्ञवाली

अर्घाखाँची प्रिमियर लिग [एपीएल-(APL)] को दोस्रो सस्करण भदौको अन्तिम साता हुने भएको छ । अर्घाखाँची जिल्ला को सदरमुकाम सन्धिखर्क टुडिखेल मैदानमा हुने खेलको मुख्य नारा “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” राखिएको छ । प्रतियोगिता को मुल उदेश्य अर्घाखाँची जिल्ला भित्र रहेका युवा प्रतिभालाई एकत्रित गर्दै यु-१६, यु-१९ लागयत सिनियर सबै लेभलका सबै खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने छन । एपीएल दोस्रो सस्करण मा अर्घाखाँचीका क्रिकेट खेलाडीहरुले मात्रै सहभागी हुन पाउने आयोजकले जानकारी गरेको छ । प्रतियोगितामा सहभागी खेलाडी ले नाम दर्ता असार ३१ गते भित्रमा गरिसक्नु पर्नेछ साथै खेलाडी दर्ता पछि छनोट सुरु हुनेछ । प्रतियोगिताको आयोजक अर्घाखाँची क्रिकेट एकेडेमीले गर्नेछ साथै कुन फर्म्याट को खेल, कति टिम सहभागी, खेलाडी दर्ता र टिम दर्ता लगायत कस्तो हुने भन्ने सम्बन्धमा भने प्रतियोगिताको सम्पुर्ण जानकारी दिन केही दिन पछि अर्घाखाँची क्रिकेट एकेडेमीले प्रत्रकार सम्मेलन गर्नेछ ।