Cricket Himalaya
Cricket News From Top of The World

छात्रा स्कुल क्रिकेट, बाके : सेमिफाईनल खेलहरु भोलीलाई सिफ्ट !!

असार १, क्रिकेट हिमालय

प्रस्तावित कोहलपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी उप मेयर छात्रा स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गतका दुबै सेमिफाईनल खेलहरु रद्ध भएका छन । बर्षाले खेल मैदान खेल्न योग्य नभएपछी दुबै सेमिफाईनल खेल भोली खेलिनेछ । नगरभित्रका कुल १२ टिम समाबेश, जेष्ठ २६ बाट सुरु, कोहलपुरमा जारी प्रथम मा. वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । सहभागि स्कुलका छात्रा टिमहरुलाई कुल ४ ग्रुपमा बिभाजित गर्दै लिग गराईएको थियो, हरेक ग्रुपका बिजेता स्कुल गर्ल्स क्रिकेट टिम सेमिफाईनल प्रबेश गरेका छन । दुबै सेमिफाईनल खेलहरु प्रस्तावित अन्तरराष्ट्रिय क्रिकेट मैदान, कोहलपुर, बाके मा हुदैछ ।

ग्रुपमा बिजेता हुँदै सेमिफाईनल प्रबेश गर्ने टिमहरु:

ग्रुप ‘ए’ को समुह बिजेता : जनज्योती मा. वि.
ग्रुप ‘बि’ को समुह बिजेता : सगरमाथा मा. वि.
ग्रुप ‘सि’ को समुह बिजेता : त्रिभुवन मा. वि.
ग्रुप ‘डि’ को समुह बिजेता : साइनिङ स्टार