Cricket Himalaya
Cricket News From Top of The World

झापा यु-१६ गर्ल्स च्याम्पियनशिप चौथो दिन : झापाली स्म्यास गर्ल्स बिजयी !

जेष्ठ ३०, क्रिकेट हिमालय

[dropcap]मि[/dropcap]लन क्रिकेट एकेडेमी द्वारा झापामा सन्चालित झापा यु-१६ गर्ल्स क्रिकेट च्याम्पियनशिप अन्तर्गतको चौथो दिनको खेलमा झापाली स्म्यास गर्ल्स बिजयी भएको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको थन्डर्स गर्ल्सले पायल थापाको २१ रन, आरती आचार्यको ११ रन, निकिता कार्किको ७ रनको सहयोगमा निर्धारित १५ ओभरमा ७७ रन बनाएको थियो । झापाली स्म्यास गर्ल्सका लकिता राजबन्शीले २ विकेट, सजिता खत्री र रिया ढुङानाले समान १/१ विकेट लिएका थिए । झिनो लक्ष्य पछ्यायको झापाली स्म्यास गर्ल्स ५ विकेटले बिजयी भयो । झापाली स्म्यासको लागि अप्सरा बेगमले ३३ रन, लकिता राजबन्शिले १२ रन बनाएका थिए । थन्डर्स गर्ल्सका ज्योती दनुवार, मेमेला श्रेष्ठ, निसा साहले समान १/१ विकेट लिएका थिए ।

झापाली स्म्यासकी लकिता राजबन्शी २ विकेट र १२ रन बनाउदै वोमेन अफ द म्याच भएकी थिईन ।