Cricket Himalaya
Cricket News From Top of The World

छात्रा स्कुल क्रिकेट, बाके पाचौ दिन : त्रिभुवन र लक्ष्मी मा वि बिजयी !

जेष्ठ ३०, क्रिकेट हिमालय

कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सन्चालित उप मेयर छात्रा स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा त्रिभुवन मा. वि. र लक्ष्मी मा. वि. बिजयी भएका छन ।

पहिलो खेल : त्रिभुवन मा. वि. र सरस्वती मा. वि.

फर्स्ट ब्याटिङ गरेको सरस्वती मा. वि. ले १५ ओभरमा ९३ रन बनाएको थियो । सरस्वतीका लागि कौशिका विकले २०, लक्ष्मी कुमालले १८ र निर्जला वलीले १३ रन जोडेपनी अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा त्रिभुवन मा. वि. का खेलाडीहरुले उत्कृष्ट बलिङ गरेका थिए । ९४ रनको लक्ष्य पछ्याएको त्रिभुवन मा. वि. ले ५ दशमलव ५ ओभरमा मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा गर्‍यो । जसका लागि निलु सुनारले २५ रन जोडेकी थिईन भने टिम क्याप्टेन निरुता शाहीले २३ र सृजना पुन मगरले १९ रन जोडेका थिए ।

उक्त खेलमा त्रिभुवन मा. वि. की खेलाडी निर्जा शाही प्लेयर अफ द म्याच घोषित भईन ।

दोश्रो खेल : लक्ष्मि मा. वि. र राम जानकि मा. वि.

फर्स्ट ब्याटिङ गरेको लक्ष्मी मा. वि. ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै ९९ रन बनाएको थियो । लक्ष्मी को तर्फबाट पुस्पा बमले उच्च ४१ रन बनाएकी थिईन । मध्यम लक्ष पछ्यायको राम जानकीले १५ ओभरमा ७ विकेट गुमाउदै ९८ रन मात्र बनाएपछी साघुरो १ रनको हार बेहोर्यो ।