Cricket Himalaya
Cricket News From Top of The World

छात्रा क्रिकेट, बाके तेश्रो दिन : सरस्वती र ज्ञानपुन्ज मा वि बिजयी !

जेष्ठ २८, क्रिकेट हिमालय

[dropcap]को[/dropcap]हलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा बाकेको कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सन्चालित “प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४” अन्तर्गत आज सम्पन्न दोश्रो दिनको खेलहरुमा सरस्वती मा. वि. र सगरमाथा ज्ञानपुन्ज बिजयी भएका छन ।

पहिलो खेल : बागेश्वरी एकेडमी र सरस्वती मा. वि.

टस हारेर फर्स्ट ब्याटिङ गरेको बागेश्वरी एकेडेमीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउदै १३६ रन बनाएको थियो । बागेश्वरिका लागि दुर्गा मगरले २५ रन, एलिना सिंह १९, निलम साहीले १८ रन बनाएका थिए । सरस्वती मा. वि. का बलर रामकली चन्दले १ विकेट लिएकी थिईन । विशाल लक्ष पछ्यायको सरस्वती सलु बिकको ३४ रन, कौसिला बि क को २२ रनको सहयोगमा १४.४ ओभरमा ५ विकेट गुमाउदै १३७ रन बनाएपछी ५ विकेटको जित हात पार्यो । बागेश्वरिकी मनिसा रानाले ३ विकेट लिएकी थिईन । प्लयेर अफ द म्याच सरस्वतिकी सलु बिक भएकी थिईन ।

दोश्रो खेल : लक्ष्मी मा. वि. र सगरमाथा ज्ञानपुन्ज

टस हारेर फर्स्ट ब्याटिङ गरेको सगरमाथा ज्ञानपुन्ज सुजाता बोगटिको ३१ रन, स्वस्तिका भट्टको १६ रनको सहयोगमा निर्धारित १५ ओभर खेल्दै ५ विकेटको छतिमा १०० रन बनाएको थियो । लक्ष्मी मा. वि. को तर्फबाट टीका थापाले २ विकेट, पुजा थापाले १ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको लक्ष्मी मा. वि. १५ ओभरमा ९ विकेट गुमाउदै ७० रन मात्र बनाएपछी ३० रनले पराजित रह्यो । लक्ष्मी मा. वि. का लागि पुस्पा बमले उच्च १८ रन बनाएकी थिईन । सगरमाथा ज्ञानपुन्जकी एलिसा सुनारले २ विकेट, यमुना थापा, सुजाता थापा, पुजा चन्द र अनिसा साहिले समान १/१ विकेट लिएका थिए । सगरमाथा ज्ञानपुन्जकी सुजाता बोगटी ३१ रन र १ विकेट लिदै वोमेन अफ द म्याच भएकी थिईन ।

भोलि पहिलो खेल ग्रीनपिस र कृश्न मावी बिच हुने र दोश्रो खेल जनज्योती र तछसिला एकेडमी बिच हुनेछ ।