Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप फाइनल : त्रिभुवन आर्मी क्लब भर्सेस ए पि एफ

जेस्ठ २८, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा संचालित प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज टि यु मैदानमा त्रिभुवन आर्मी क्लब र ए पि एफ बिच हुदैछ !

दुबै टिमको फाइनल यात्रा

लिग चरण

– लिग चरणको पहिलो खेलमा आर्मिले प्रदेस न २ बिरुद्ध ५५ रनले, प्रदेस न १ बिरुद्ध १०६ रनले, प्रदेस न ४ बिरुद्ध ९ विकेटले, ए पि एफ बिरुद्ध ७० रनले बिजयी हुँदै ग्रुप टपरको रुपमा सेमिफाइनलमा छनोट भयको थियो !

– त्यसैगरी ए पि एफ ले पहिलो खेलमा प्रदेस न ४ बिरुद्ध ५ विकेटले, प्रदेस न १ बिरुद्ध ९ विकेटले, प्रदेस न २ बिरुद्ध ९६ रनले जित हात पारेको थियो भने त्रिभुवन आर्मी क्लब सङ ७० रनले पराजित रहेको थियो ! ग्रुपमा उप बिजेता हुँदै ए पि एफ सेमिफाइनल पुग्न सफल भयको थियो !

सेमिफाइनल

– पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेस न ५ लाइ विशाल १५४ रनले पराजित गर्दै फाइनल पुगेको थियो !

– दोश्रो सेमिफाइनलमा बर्षाले प्रभावित खेलमा ए पि एफ ले नेपाल पुलिस क्लबलाइ ९ रनले पराजित गरेको थियो !

फाइनल

जेस्ठ १३ देखि सन्चालित पि एम कपको फाइनल आज टि यु मैदानमा ९ बजेबाट सुरु हुनेछ ! रु २० लाख बिजेता प्राइस रहेको उक्त कपको उप बिजेताले रु १० लाख हात पार्ने छ !

फाइनल खेलको प्रत्यक्ष प्रसारण ए पि वान टेलिभिजनमा हुनेछ भने स्कोर अपडेट क्रीकइन्फोमा हुनेछ !