Cricket Himalaya
Cricket News From Top of The World

उप मेयर छात्रा क्रिकेट प्रतियोगिता बाके दोश्रो दिन : साइनिङ स्टार र जनज्योती बिजयी !

जेष्ठ २७, क्रिकेट हिमालय

कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा बाकेको कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सन्चालीत “प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४” अन्तर्गत आज सम्पन्न दोश्रो दिनको खेलहरुमा साइनिङ स्टर र जनज्योती बिजयी भएका छन ।

पहिलो खेल : साइनिङ स्टार र ग्रिनपिस

टस जितेर फर्स्ट ब्याटिङ गरेको साइनिङ स्टारले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउदै ९८ रन बनाएको थियो । साइनिङका लागि ब्याट्सवुमन मोनिका राना २३ रन, स्मृति धामी १४ रन, सुरक्षा परियारले ३१ रन बनाएकी थिईन । ग्रिनपिसका सिता वलि, लबली बिस्ट, अस्मिता पौडेलले समान १/१ विकेट लिएका थिए ।लक्ष्य पछ्यायको ग्रिनपिसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउदै मात्र ९६ रन बनाएपछी साघुरो २ रनको पराजय बेहर्यो । ग्रिनपिसका लागी लबली बिस्टले १७ रन, दिप्ती पन्थिले २१ रन बनाएकी थिईन । साइनिङ स्टारका तर्फबाट स्मृति धामिले २ विकेट, श्रीसा ठकुरिले समान १/१ विकेट लिएका थिए ।

प्लयेर अफ द म्याच साइनिङ स्टारकी ब्याट्सवुमन सुरक्षा परियार भएकी थिईन ।

दोश्रो खेल : जनज्योती र डि भि एस

टस हारेर फर्स्ट ब्याटिङ गरेको जनज्योतिले जुना बुढामगरको आक्रमक ४५ बलम ५९ रन, सुमिना चन्द ३८, समिक्षा बि क को ४५ रनको सहयोगमा निर्धारित १५ ओभरमा मात्र १ विकेट गुमाउदै १९५ रन बनाएको थियो । डि भि एस का लागी एक मात्र विकेट कसिस भट्टराइले लिएकी थिईन । बिसाल लक्ष पछ्यायको डि भि एस स्कुलले १५ ओभरमा ६ विकेट गुमाउदै ५५ रन मात्र बनायपछी १४० रनले पराजित रह्यो ।

प्लयेर अफ द म्याच जनज्योतिकी जुना बुढामगर भएकी थिईन ।

आगामी असार ३ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत भोली बिहान सरस्वती मा.वि. र वागेश्वरी एकेडेमी बिच खेल हुने छ भने दोस्रो खेलमा लक्ष्मी मा.वि. र सगरमाथा ज्ञानपुञ्ज प्रतिस्प्रर्धामा उत्रने आयोजकले जनाएको छ ।