Cricket Himalaya
Cricket News From Top of The World

झापा यु-१६ गर्ल्स क्रिकेट च्याम्पियनसिप पहिलो दिन : एन्जल्स गर्ल्स ७ विकेटले बिजयी !

जेस्ठ २७, क्रिकेट हिमालय

काकरभिट्टा खेल मैदानमा मिलन क्रिकेट एकेडमी द्वारा आयोजित “प्रथम यु१६ झापा गर्ल्स च्याम्पियनसिप क्रिकेट लिग” प्रतियोगिता अन्तर्गत आज पहिलो दिनको खेलमा एन्जल्स गर्ल्सले थन्डर्स गर्ल्सलाइ ७ विकेटले पराजित गरेको छ !

टस जितेर फर्स्ट ब्याटिङ गरेको थन्डर्स गर्ल्सले १५ ओभरमा अल आउट हुदै ५१ रन बनायको थियो ! थन्डर्सका लागी निकिता कार्किले १२ रन, स्मृति कुवरले ११, प्रीयन्का राजबन्सिले ११ रन बनायका थिय ! एन्जल्स गर्ल्सका रोसनी भुजेलले २ विकेट, पायल मगरले २ विकेट, मिन्टी मुन्डाले २ विकेट लियेकी थियिन !

झिनो लक्ष पछ्यायको एन्जल्स गर्ल्सले १२.३ ओभरमा ३ विकेट गुमाउदै ५२ रन बनायपछी सहज ७ विकेटको जित हात पार्यो ! एन्जल्सका लागी सन्ध्या ठकुरिले १६ रन, एलिसा खडियाले १६ रन बनायका थिय ! थन्डर्सका बलर निसा साहले १ विकेट लियेकी थियिन !

एन्जल्स गर्ल्सकी मिन्टी मुन्डा प्लयेर अफ द म्याच भयकी थियिन !