Cricket Himalaya
Cricket News From Top of The World

धनगढी क्रिकेट एकेडमिको प्रमुख प्रशिक्षकमा पुर्ब खेलाडी दिपेन्द्र चौधरी नियुक्त !

जेष्ठ २७, क्रिकेट हिमालय

सन् २०१२ बाट स्थापना भयको धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले स्थापना कालदेखि नै नेपाली क्रिकेटको विकासमा अहम भूमिका खेल्दै क्रिकेट बिकासमा योगदान पुर्याउदै आयको छ !

नेपाल क्रिकेटलाई उचाईमा पुर्याउने लक्ष्यका साथ स्थापना भएको भएको यस एकेडेमीले सुरुवाती वर्षहरुमा नेपालमै पहिलोपटक तेस्रो मुलुकको खेल भम्रण, देशकै सबैभन्दा लामो लिग सञ्चालन व्यवसायिक धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगको सञ्चालन गरिरहेको छ !

भर्खरैमात्र धनगढी प्रिमियर लिगको दोस्रो संस्करणपनि भव्यताका साथ सम्पन्न गरिसकेको छ । अक्सनमा आधारित लिगले नेपाली क्रिकेटलाई व्यवसायिकतामा प्रवेश गराएको थियो !

राष्ट्रिय टोली बलियो बनाउन ग्रासरुट लेभलको क्रिकेटमा जोड नदिइ हुँदैन्। त्यसैले विगत देखि नै ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्याउँदै आएका छ एकेडमिले । यसै सन्दर्भमा एसीसीका लेभल थ्री प्रशिक्षक श्री दीपेन्द्र चौधरीलाई धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्यायको छ !

नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउने पुस्ताका खेलाडी रहेका चौधरीले सन् १९९८ मा डेब्यू २०११मा अन्तिमपटक राष्ट्रिय टोलीबाट खेलेका थिए। १३ वर्ष टप अर्डर ब्याट्सम्यानका रुपमा राष्ट्रिय टोलीमा विताएपछि प्रशिक्षण थालेका उनले एसियाली क्रिकेट परिषद् (एसीसी) बाट लेभल थ्री को प्रशिक्षण पनि लिएका छन्।

उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् भने उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन्। नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाव्ह गरेका थिए।

घरेलु ठूला प्रतियोगिताहरुमा समेत विभिन्न टोलीको प्रशिक्षकत्व वहन गरिसकेका छन् चौधरिले । डीपीएलमा उनले विराटनगर किंग्स तथा इपीएलमा चितवन टाइगर्सको प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन्।

एकेडेमीमा अहिले ९० जना खेलाडीहरु नियमित प्रशिक्षण लिइरहेका छन्। जसमध्ये २५ जनालाई पूर्ण छात्रर्वत्तिमा एकेडेमीले प्रशिक्षणको व्यवस्था मिलाएको छ । क्रिकेटलाई भविष्य बनाउने सपना बोकेका ती खेलाडीहरुको प्रतिभा तिखार्न एकेडेमीले श्री दीपेन्द्र चौधरीलाई १ वर्षका लागि प्रशिक्षकका रुपमा नियुक्त गरेको छ उनको कार्यकालमा एकेडेमीले थप उचाई हासिल गर्ने विश्वास लिएका छौं।