Cricket Himalaya
Cricket News From Top of The World

प्रथम उप मेयर छात्रा क्रिकेट, कोहलपुर पहिलो दिन : त्रिभुवन र रामजानकी मा.वी. बिजयी !

जेस्ठ २६, क्रिकेट हिमालय

कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा बाकेको कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सन्चालीत “

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४

” अन्तर्गत आज सम्पन्न पहिलो दिनको खेलहरुमा त्रिभुवन नमुना मा वि र रामजानकी मा वि बिजयी भयका छन !

पहिलो खेल : त्रिभुवन नमुना मा वि र बागेश्वरी एकेडमी

आज सम्पन्न पहिलो खेल अन्तर्गत टस जितेर पहिले ब्याटिङ रोजेको वागेश्वरी एकेडेमी कोहलपुरले निर्धारित १५ ओभरमा ६८ रन जोड्न सफल भएको थियो । ६८ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवनले मात्र ७ दशमलव ३ ओभरमै लक्ष्य पुरा गरेको थियो !

प्रतियोगितामा कोहलपुर नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयले सहभागीता जनाउने भएका छन । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु.२१ हजार र उपबिजेताले १० हजार ५ सय रुपयाँ प्राप्त गर्ने छन

दोस्रो खेल : रामजानकी मा.वि. र सगरमाथा ज्ञानपुञ्ज

फर्स्ट ब्याटिङ गरेको रामजानकीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय १८ रन जोड्न सफल भएको थियो । रामजानकिका लागि सारिका घर्तिले १४, दिपिका सिग्देलले १३ रन, दिक्षा र अस्मीताले समान १०/१० रन जोडेका थिए ।

ठूलो लक्ष्य पाएको ज्ञानपुन्जले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रनमा समेटिएको थियो ।

प्रतियोगिता अन्तर्गत भोली (आईतबार) ग्रिन पिस मा.वि. र साईनिङ स्टारबिच पहिलो खेल हुने छ भने दोस्रो पारीमा दिब्य विद्या सदन र जनज्योती मा.वि. बिच प्रतिस्प्रर्धा हुने प्रतियोगिता ब्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्रिकेट क्लबका सल्लाहकार लेखबहादुर क्षेत्रीले जानकारी दिए ।