Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप : ए पि एफ क्लब फाइनलमा प्रबेस !

जेस्ठ २६, क्रिकेट हिमालय

रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यबस्थापनमा आयोजित प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिताको आज सम्पन्न बर्षाले अवरुद्ध दोस्रो सेमिफाइनल खेलमा डि एल मेथडको आधारमा ९ रनले नेपाल पुलिस क्लबलाइ हराउदै ए पि एफ बिजयी हुँदै फाइनल प्रबेस गरेको छ !

टस जितेर फर्स्ट ब्याटिङ गरेको ए पि एफ ले ४८.५ ओभरमा अल आउट हुँदै २०८ रन बनायको थियो ! ए पि एफ का लागि सुबास खकुरेल २१(३७), अनिल साह ४५(७९), प्रदिप एरि २४(२७), पृथु बास्कोटा ४०(४८), रोहित पौडेल ३२(५६) रन बनायका थिय ! पुलिसका तर्फबाट दिपेन्द्र सिंह एरिले ३ विकेट, आरिफ सेख र ललित राजबन्शिले समान २/२ विकेट, ललित भन्डारी र सुशील कडेलले समान १/१ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको नेपाल पुलिस क्लब १४.४ ओभरमा २ विकेट गुमाउदै ५९ रन बनायको अवस्थामा बर्षाले खेल अवरुद्ध गरेको थियो !

पानी रोकियेपछी पुलिसले २८ ओभरमा १४१ रनको रिभाइज्ड टार्गेट प्राप्त गरेको थियो ! नेपाल पुलिस क्लबले निर्धारित २८ ओभरमा ९ विकेट गुमाउदै १३१ रन मात्र बनायपछी ९ रनले पराजित रह्यो !

नेपाल पुलिसका लागि दिलिप नाथ १६(१०), सुनिल धमला २४(५०), दिपेन्द्र एरि १४(३०), मन्जित श्रेष्ठ ११(८), कुसल भुर्तेल ३०(३०) , सिद्धान्त लोहनी १०(१३) रन बनायका थिय !

ए पि एफ का बलर वसन्त रेग्मी २ विकेट, अमर सिंह राउटेला ३ विकेट, करण के सि १ विकेट, कमल सिंह एरि १ विकेट लियेका थिय !