Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कपमा सागरको शतक चौथो शतक

जेष्ठ २५, क्रिकेट हिमालय

किर्तिपुर स्थित प्रधानमन्त्री एक-दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सागरले उत्कृस्ट शतक बनाएका छन । प्रदेश नम्बर ५ विरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै सागर पुनले १३२ बलमा शतक प्रहार गरेका हुन । सागरले ११८ रन बनाउन १४२ बल सामना गरे । उनले १० चौका र ४ छक्का प्रहार गरे । उनी लाल बहादुर अधिकारीको बलमा स्टम्प आउट भए । उनले घरेलु क्रिकेटमा भएको एकदिवसिय क्रिकेटमा पहिलो पटक शतक बनाएका हुन । जारी प्रतियोगितामा सागर शतक सँगै चार शतक भएका छन । यसअघी सुबाश खकुरेल [१३० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै १०३ रन] , प्रदिप ऐरी [१३५ बलमा १३ चौका र ८ छक्का प्रहार गर्दै १५८ रन] र हरि चौहान [११५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै १०० रन] ले शतक बनाएका छन ।