Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रबेश !

जेष्ठ २५, क्रिकेट हिमालय

राखेपको आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा आयोजित प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं. ५ लाई १५४ रनले पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ । टस हारेर फर्स्ट ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लब सागर पुनको शतकिय इनिङ १४२ बलमा ११८ रन, भिम सार्किको आक्रमक अर्धसतक ५३ बलमा ७७, बिनोद भन्डारिको १५ बलमा ३७ रनको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २८९ रन बनाएको थियो । प्रदेश नं. ५ का बलर कृश्न कार्किले ३ विकेट, बिक्रम भुसालले २ विकेट, लाल बहादुर अधिकारी र शक्ति गौचनले समान १/१ विकेट लिएका थिए । विशाल लक्ष पछ्यायको प्रदेश नं. ५ ले ३५.५ ओभरमा अल आउट हुदै १३५ रन मात्र बनाएपछी १५४ रनले पराजित रह्यो । प्रदेश नं. ५ का सुबेन्दु पान्डे ११, शंकर राना २३, अन्तिम थापा १४, सौरभ खनाल १४, कृश्न कार्की ३१* रन बनाएका थिए । आर्मिका बलर बिक्रम सोभ र सुसन भारिले समान ३/३ विकेट लिएका थिए । सागर पुनले २ विकेट लिए भने सोमपाल कामी र साहव आलमले समान १/१ विकेट लिएका थिए ।

शतकको साथै २ विकेट लिदै सागर पुन प्लयेर अफ द म्याच भएका थिए ।